खट्ने व्यक्तिलाई महाधिवेशनमा स्थान दिनु पर्नेमा कांग्रेस नेताहरुको जोड
नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्य समितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। भेलामा पार्टीको १४ औँ महाधिवेशनको तयारी स्वरुप शुक्रबार हुन गई रहेको वडा अधिवेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने विषयमा छलफल भएको छ।
भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिवेशनमा स्थान दिनु पर्नेमा जोड दिएका छन्। भेलामा सहभागीहरुले पार्टीको महाधिवेशन तथा चुनावमा मात्र जिल्ला केन्द्रित हुने नेताहरुलाई नेतृत्व दिदा जिल्लामा पार्टी संगठन बलियो हुन नसक्ने धारणा व्यक्त गरेका छन्।
वडा अधिवेबेशनको पूर्व सन्ध्यामा केहि ठाउँमा क्रियाशिल सदस्यताका विषयमा अन्यौलता रहेकाले छिटो समाधान गर्न समेत नेतृत्व तहलाई आग्रह गरेका छन्। भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी सभापति भरत कुमार स्वाँरले १४ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा सन्देश दिन सबै नेता कार्यकर्ता लाग्नु पर्नेमा जोड दिए।
उहाँले वडा देखि जिल्ला अधिवेशनलाई मर्यादित,सभ्य र भव्य रुपमा सफल पार्न सबै एकजुट हुनु पर्ने बताए। सभापति स्वाँरले आउनैपर्ने केहि क्रियाशिल सदस्यहरुको नाम छुट्न गएकाले केन्द्रबाट नै समस्या आएको जानकारी गराए।
क्षेत्रिय सभापति कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको भेलाका विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह, पूर्व राजदुत बल बहादुर कुँवर, पूर्व जिल्ला पार्टी सभापति नैन सिंह स्वाँर, मेघराज खड्का रहेका थिए।
कार्यक्रममा महासमिति सदस्य राजन कुँवर, जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर, महाधिवेशन प्रतिनिधि ध्वज बहादुर कुँवर, टक्कर ताम्राकार, पूर्व महाधिवेशन प्रतिनिधि टिकाराम खनाल, अर्जुन ताम्राकार, जिल्ला पार्टी सचिव भरत कुमाल, कोषाध्यक्ष झंकर साउँद, जिल्ला कार्य समिति सदस्य कालु सिंह कुँवर, मोहन कुँवर, प्रदेश क का सभापति राजेन्द्र कुँवर, महिला नेत्री शान्ता कुँवर, माया कुँवर, लक्ष्मी शाह, रुपा आउजी, अप्सरा कुँवर लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव भक्त बहादुर कुँवरले गरेका थिए भने स्वागत मन्तव्य क्षेत्रिय सहसचिव मोहन बोगटीले राखेका थिए। सुदूरआजबाट


