वाक नेपालको २९ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा दीप प्रज्वलन


पैरवी खबर

अछाम । पहुँच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपालले आफ्नो २९औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा आफ्नो कार्यालयमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

‘समृद्ध समाजको सृजना, वाक नेपालको चाहना’ भन्ने मूल नाराका साथ संस्थाले आफ्नो २९औँ स्थापना दिवस वैद्यनाथ धाम अछाममा मनाएको हो ।
संस्थाका अध्यक्ष मिन बहादुर कुँवरले पत्रकार सम्मेलन मार्फत संस्थाले सञ्चालन गर्दै आएका गतिविधि, उपलब्धि, अनुभव तथा आगामी योजनाबारे जानकारी गराउनु भएको छ ।

संस्थाले लामो समयदेखि सामाजिक विकास, पहुँच अभिवृद्धि तथा सिर्जनात्मक कार्यमार्फत समुदायको समृद्धिका लागि क्रियाशील रहँदै आएको छ ।