रिडिकोटमा महिला सशक्तीकरण परियोजनाको समन्वयात्मक बैठक सम्पन्न


पैरवी खबर

अछाम । साँफेबगर नगरपालिका–७ रिडिकोटमा ‘महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना’ अन्तर्गत वडा स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
वाक नेपालको आयोजनामा, रिडिकोट वडा कार्यालयको समन्वय तथा केएनएच नेपालको सहयोगमा आयोजित बैठकमा परियोजनाले पछिल्लो ६ महिनादेखि सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा प्रगतिको समीक्षा गरिएको थियो।

बैठकको अध्यक्षता वडा अध्यक्ष हिक्मत कडायतले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सामाजिक सहजकर्ता जनक कुमारी खड्का स्वारले गर्नुभएको थियो।
कार्यक्रममा परियोजनाका प्रमुख सत्य स्वार र केएनएच नेपालका परियोजना प्रमुख लक्ष्मीभक्त जोशीले परियोजनाको उद्देश्य, हालसम्मको प्रगति तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।

बैठकमा रिडिकोटमा गठित ८ वटा आत्मनिर्भर समूहले हालसम्म सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि, प्रगति तथा आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए। परियोजनाले समुदायमा महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा महिला र बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानबारे पनि छलफल गरिएको थियो।

महिलाको आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा भएको परिवर्तनबारे हाल सम्मको प्रगति तथा समिक्षा गरिएको थियो ।

परियोजनाको समग्र लक्ष्य सन् २०२८ सम्म साँफेबगर नगरपालिकाका परियोजना सञ्चालित वडाका महिला तथा बालबालिकालाई सुरक्षित र सम्मानित जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्नु रहेको छ।

परियोजनाका मुख्य उद्देश्यहरूमा महिलाको आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा भएको परिवर्तनबारे हाल सम्मको प्रगति तथा समिक्षा गरिएको थियो । सहभागितामार्फत उनीहरूको सामाजिक तथा राजनीतिक अवस्था सुधार गर्ने, घरपरिवार र समुदायमा आर्थिक क्रियाकलापमा महिलाको सहभागिता बढाउने तथा महिला र बालबालिकालाई हिंसाबाट संरक्षण गर्ने रहेका छन्।