आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन


पैरवी खबर

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ, र बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ।
आचार्य लक्षमण पन्थीले कात्तिक कृष्ण चतुर्दशीमा कुकुरलाई मीठा परिकार खुवाउने धार्मिक विश्वास रहेको बताउनुभयो।
पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे तोकेको छ।