वाक नेपालको २९ औँ वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम प्रारम्भ


पैरवी खबर

साँफेबगर । वाक नेपाल अछामको २९औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम प्रारम्भ भएको छ ।
कार्यक्रम साँफेबगरस्थित धुर्वतारामा होटलमा भैरहेको छ ।
कार्यक्रममा संस्थाले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक तथा विकासमूलक गतिविधि, उपलब्धि, आर्थिक तथा सामाजिक पक्षको समीक्षा एवं सार्वजनिक छलफल गरिने जनाइएको छ। सामाजिक परीक्षणमार्फत संस्थाका कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने उद्देश्य रहेको छ।
सभाको अध्यक्षता वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरले गरिरहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य, पूर्व सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि हुनुहुन्छ भने विशिस्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर हुनुहुन्छ । प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।