मेल्लेख गा.पा.को सार्वजनिक सुनुवाइमा दलित प्रतिनिधिप्रति अभद्र अभिव्यक्ति भएको भन्दै आपत्ति


पैरवी खबर

अछाम । मेल्लेख गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा दलित प्रतिनिधिको हैसियतमा आच आउने गरी गाउँपालिका उपाध्यक्षबाट अपमानजनक तथा विभेदपूर्ण अभिव्यक्ति आएको भन्दै दलित उत्पीडित सेवा समाज, मेल्लेख गाउँपालिकाले आपत्ति जनाएको छ।
समाजले सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै जातीय वा सामाजिक पृष्ठभूमिका आधारमा अपमानजनक व्यवहार नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
समाजले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता, सम्मानजनक संवाद र सबै नागरिकको समान सहभागिता सुनिश्चित गर्न माग गरेको छ। साथै, उक्त अभिव्यक्ति फिर्ता नलिएसम्म चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएको छ।