रसुवाका बाढी–पहिरो पीडितका लागि मास ह्यूमन परिवारको १ लाख ३ हजार सहयोग


पैरवी खबर

प्राकृतिक विपत्तिका कारण बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले मास ह्यूमन रिसोर्स परिवार काठमाडौंले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा मानवीय सहयोग आवश्यक रहेको भन्दै मास ह्यूमन परिवारले उक्त रकम सहयोग गरेको जनाएको छ।
विपद्को समयमा सानो सहयोगले पनि पीडित परिवारको जीवनमा राहत र आशा ल्याउन सक्ने भन्दै मास ह्यूमन परिवारले सबैलाई आ–आफ्नो तर्फबाट सहयोगका लागि अपिल गरेको छ।
मास ह्यूमन परिवारले विपत्तिमा परेका नागरिकलाई साथ दिनु सबैको साझा मानवीय दायित्व भएको उल्लेख गर्दै “सहयोग सानो वा ठूलो होइन, मन ठूलो हुनुपर्छ” भन्ने भावनाका साथ सहयोग अभियानमा जोडिन आग्रह गरेको छ।