बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु


पैरवी खबर

अछाम। अछामको बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु भएको छ। राष्ट्रिय वाणिज्य बैंक बयालपाटा शाखाले अस्पताल परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको हो।

एटीएम सेवाको उद्घाटन राष्ट्रिय वाणिज्य बैंक बयालपाटा शाखाका प्रबन्धक विनोद गिरि र बयालपाटा अस्पतालका म्यानेजर प्रकाश खड्काको उपस्थितिमा गरिएको हो।

अस्पताल परिसरमै एटीएम सेवा सुरु भएपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी, बिरामीका आफन्त, स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई नगद झिक्न सहज हुने अपेक्षा गरिएको छ। यसले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक कारोबारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने
अपेक्षा गरिएको छ। अस्पताल परिसरमा बैंकिङ सेवा उपलब्ध हुनुले स्वास्थ्य सेवा लिन आउने नागरिकलाई थप सुविधा पुग्ने भएको छ।