पवित्रा खड्का | साउन २७, अछाम
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा ‘परिवर्तनका संवाहक युवा’ विषयक वक्तृत्वकला प्रतियोगिता मंगलसेनमा सम्पन्न भएको छ।
जिल्ला युवा सञ्जाल अछाम, अछाम जेसीज वर्ष २०२६ तथा नगर युवा सञ्जाल मंगलसेनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसबाट १३ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा षोडशा माध्यमिक विद्यालयका युनिक केसी प्रथम, लक्ष्मण बोहरा द्वितीय, जेनिशा भाट तृतीय र तोरण रेग्मी सान्त्वना भएका छन्।
अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी झनक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्रसिंह बिष्ट प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पविन्द्र बम, शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशी, मंगलसेन नगरपालिका–५ का अध्यक्ष झकरप्रसाद भाट, वडा नं. ८ का अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहरा, मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दिपक भण्डारीलगायतको सहभागिता थियो।
यस्तै, षोडशा माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक बृकेशसिंह बोगटी, नागरिक समाज अछामका अध्यक्ष शंकर रावल, नेपाल पत्रकार महासंघ अछामका वरिष्ठ उपाध्यक्ष टेकबहादुर थापा, युवा सञ्जालका पूर्वअध्यक्ष होमबहादुर साउद, उपाध्यक्ष मेनुका ढुंगाना तथा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखाका सदस्य धनकुमार केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत बखजन खड्का, अछाम जेसीज वर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, वर्ष २०२४ का अध्यक्ष फलेन्द्रप्रसाद उपाध्याय तथा रेडियो सोसाइटी अछामका स्टेसन म्यानेजर पूजा शाही अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रतियोगितामा प्रथम हुने युनिक केसीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुने लक्ष्मण बोहरालाई ३ हजार ५ सय रुपैयाँ, तृतीय हुने जेनिशा भाटलाई २ हजार ५ सय रुपैयाँ र सान्त्वना हुने तोरण रेग्मीलाई १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम मंगलसेन नगरपालिका, अछाम, कोइका (KOICA), गुड नेबर्स इन्टरनेसनल (Good Neighbors International), डब्लूएसी (WAC), यूएनएफपीए (UNFPA) तथा नेपाल रेडक्रस सोसाइटी अछाम जिल्ला शाखाको समन्वय तथा सहकार्यमा आयोजना गरिएको हो।
अछाम जेसीज वर्ष २०२६ का महासचिव आनन्द साउदले जेसीज आस्था पाठ गरेपछि सुरु भएको कार्यक्रमको उद्घाटन नगर युवा सञ्जाल मंगलसेनका अध्यक्ष श्यामसुन्दर रावलको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष तथा अछाम जेसीज वर्ष २०२६ का कोषाध्यक्ष कमल रावलले गर्नुभएको थियो।


