साँफेबगरमा हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका फूल रोपियो


पैरवी खबर

अछाम — साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा साँफेबगर बजार क्षेत्रलाई थप हराभरा, आकर्षक र सुन्दर बनाउने उद्देश्यले विभिन्न प्रजातिका फूल रोपिएका छन ।
अभियान अन्तर्गत बजारबाट झुलुङ्गे पुल जाने सडकको दुवै छेउमा विभिन्न प्रजातिका फूल रोपिएको छ। यसबाट सडक क्षेत्रलाई हरियालीयुक्त, रंगीचंगी र सौन्दर्यपूर्ण बनाउने लक्ष्य लिइएको बजार समितिले जनाएको छ।
त्यसैगरी साँफेबगर विमानस्थलको छेउमा रहेको सानो पार्क लगायतका सार्वजनिक स्थानहरूमा पनि फूल रोपिएको छ। स्थानीयवासी तथा सरोकारवालाको सहभागितामा सम्पन्न अभियानले बजारको सौन्दर्य बढाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने बजार समितिका अध्यक्ष रामबहादुर कुँवरले बताउनु भयो ।