अछाम । निर्माणाधीन सेती राजमार्ग अन्तर्गतका तीन महत्वपूर्ण पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।
पुल महाशाखाले सोमबार विद्युतीय बोलपत्र (ई–बिडिङ) आह्वान गर्दै कैलालीको बौनिया स्थित मराम खोला, कैलाली–डोटी सीमास्थित ठुलिगाड तथा डोटी–अछाम सीमामा पर्ने सेल्लीगाडमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो।
लामो समयदेखि निर्माणाधीन रहेको सेती राजमार्गका यी पुल निर्माणको प्रक्रिया अघि बढेसँगै सडक पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ। पुल
एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन सेती राजमार्गको निर्माण कार्य दुई खण्डमा विभाजन गरेर अघि बढाइएको छ। दक्षिणी खण्ड अन्तर्गत कैलाली–अछाम–बाजुरा क्षेत्र हेर्ने गरी अछामको साँफेबगरमा कार्यालय स्थापना गरिएको छ भने उत्तरी खण्ड अन्तर्गत बझाङ क्षेत्रको निर्माण व्यवस्थापनका लागि छुट्टै कार्यालय सञ्चालनमा रहेको छ।


