अछाम, अछामको वैद्यनाथ क्षेत्रमा हरेक वर्षझैँ यस वर्ष पनि श्री वैद्यनाथ बाबा बोलबम विशेष कार्यक्रम आयोजना हुने भएको छ।
श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समिति, काठमाडौंको आयोजनामा २०८३ साल साउन १८ गते श्रावण कृष्ण पक्षको प्रथम सोमबार विशेष धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रममा श्री अनन्त परम–उद्धारकर्ता संकटमोचन स्वरूप तत्त्वदर्शी श्रद्धेय सद्गुरुदेव श्री मदन बाबाको परम सानिध्य रहने जनाइएको छ। सद्गुरुदेव श्री मदन बाबाबाट गरिएको मूल संकल्पअनुसार प्रत्येक वर्ष वैद्यनाथ क्षेत्रमा उक्त धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएको आयोजकको भनाइ छ।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सम्पूर्ण भक्तजनलाई कार्यक्रममा सहभागी भई धार्मिक पुण्य लाभ लिन आग्रह गरेका छन्।


