नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


पैरवी खबर

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले कुँवरकै संयोजकत्वमा २ सय ५१ सदस्सीय निर्वाचन निर्वाचन परिचालन कमिटी गठन, नगर कमिटी सचिव मुकेश कुँवर संयोजक र लोकेन्द्र बिष्ट सहसंयोजक रहने गरि ३१ जनाको नेश्नल भोलिन्टियर फोर्स गठन, सन्तोषी बि।क। संयोजक रहने गरी ५१ सदस्सीय महिला प्रचारप्रसार समिति, प्रताप बुढाको संयोजकत्वमा जेष्ठ कम्यूनिस्ट मंच प्रचारप्रसार समिति गठन गरेको छ ।

यस्तै बैठकले नगरपालिका सम्पूर्ण वडाहरुका वडा कमिटी बैठकको मिति समेत तोकेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तिलक कुँवर, विशिष्ठ अतिथि जिल्ला कमिटी सचिव हिरण्ड भट्टराई, जिल्ला कमिटी सचिवालय सदस्य भिम खड्का, रुप बहादुर कुँवर, महाधिवेशन प्रतिनिधि परिषद् सदस्य डि।बि। साउँद, जिल्ला कमिटी सदस्य रेबन्त कुँवर, जितेन्द्र कुँवर, एमाले नेता गोविन्द साउँद लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।