साँफेबगर । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाको आयोजनामा एक दिने जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ। कम्पनीले आफ्ना अभिकर्ताहरूलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको हो।
तालिममार्फत जीवन बीमाको इतिहास, महत्व, विशेषता तथा विभिन्न बीमा योजनाबारे सहभागी अभिकर्ताहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमको सहजीकरण एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाका प्रबन्धक पूर्ण बहादुर बिष्टले गर्नुभएको थियो। साथै, सुदूरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउदले सहभागीहरूलाई प्रशिक्षण गर्नुभएको थियो।
कम्पनीका अनुसार हाल यसको चुक्ता पुजी ५ अर्ब भन्दा बढी,
बिमा कोष ५० अर्ब भन्दा बढी र यस कम्पनीका शाखा तथा उपशाखा १३२ ठाउँमा रहेको कम्पनीले जनाएको छ ।
तालिममा करिब ४५ जना अभिकर्ताहरूको सहभागिता रहेको थियो।