‎डोजरले खनेको पानीको खाल्डोमा डुबेर बैजनाथका एक बालकको मृत्यु


पैरवी खबर


‎साँफेबगर – साँफेबगर नगरपालिका वडा नं.१ बैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।
‎साँफेबगर न. पा  वडा नं.१ बस्ने ललित परियारका ११ वर्षिय छोरा तुसार परियारको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

‎उनी विहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त बुढीगंगा नदीको किनारामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्डोमा परेरे तत्काल मृत्यु भएको जनाइएको छ  ।
‎मृत्यक वालक सुर्यचन्द्र माविमा ४ कक्षमा अध्ययनरत रहेका थिए। नियमविपरीत खाल्डो खनी पानी निकाली खाल्डा नपुर्दा उक्त घट्ना हुन पुगेको हो ।