कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा राखेर समाजवादको बाटोमा उन्मुख हुने : केन्द्रिय सदस्य भण्डारी


पैरवी खबर

साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको तेस्रो गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।

बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो पालिका सम्मेलन भन्ने मुल नारा सहित तेस्रो पालिका अधिवेशन मेल्लेखामा सम्पन्न भएको हो ।

मेल्लेख गाउँपालिका कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै : माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज सरद सिंह भण्डारीले : कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा राखेर समाजवादको बाटोमा उन्मुख हुने बताउनु भयो । देशमा जसरी भएपनि सुशासन कायम गर्ने , देशमा शासन व्यवस्था प्रभाकारी बनाउन लाग्ने बताउनु भयो, साथै उहाँले देशमा समाजवादको व्यवस्था गर्दै सबै गरीब दिन दुखीलाई खान लाउने पुग्ने व्यवस्था मिलाउनका लागि माओवादी पार्टी लागेको बताउनु भयो ।
विशिस्ट अतिथिको आसनबाट बोल्दै केन्द्रिय सदस्य तथा अछाम संघीय निर्वाचन क्षेत्र न.१ इन्चार्ज दिपक साउँदले देशलाई समृद्धिको बाटो तिर लैजान र सुशासनको बाटो तर्फ लिन माओवादी पार्टी लागिरहेको बताउनु भयो । जनतालाई स्वरोजगारी तिर लिन , जनताको जन जीवन माथि उठाउन माओवादी पार्टीको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
अधिवेशनमा वैकल्पिक केन्द्रिय सदस्य एवं प्रदेश निर्वाचन १ ख इन्चार्ज लोक बहादुर बोहरा (ज्वाला ), सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका कमिटी इन्चार्ज भिम बहादुर बुढा (सुवास ), प्रदेश कमिटी सदस्य अर्जुन धामी , इश्वरी थापा , वीर बहादुर साउँद , टंका विक , मनोज रावल , सुदूरपश्चिम निर्वाचन आयोग सदस्य बालाराम उपाध्याय , नेपाली काङ्ग्रेसका खगेन्द्र साउँद , नेकपा एमालेका गाङाराम खत्री , एकीकृत समाजवादीका नृप साउँद ,राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल , एकीकृत शिक्षक संगठन अछामका मनिराज महर, क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय उप महासचिव गम्भीर सिंह साउँद , अतिथि रहनुभएको थियो ।
पार्टीका जिल्ला स्थित विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

अधिवेशनको संचालन नारायण प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
अधिवेशनको बन्दसत्रबाट मेल्लेख गाउँपालिका कमिटी चयन हुने छ ।