अनेरास्ववियु जिल्ला कमिटी अछामको छैटौं बैठक मङ्गलसेनमा सम्पन्न भएको छ ।
बैठकमा अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खड्काको संयोजकत्व मा १००१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
जसमा क्षेत्र न.१ को निर्वाचन परिचालन कमिटीको संयोजकमा अनेरास्ववियु जिल्ला सचिव भिम बडाहित,क्षेत्र न. २ को संयोजकमा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष कमल कोलि, क्षेत्र न.१ को प्रदेश “क” को निर्वाचन परिचालन समितिको संयोजक मा रेबन्त बिस्ट ,”ख” मा जिल्ला कमिटी सह सचिव शेर साउद , क्षेत्र न. २ को “क” मा राजकुमार सुनार र “ख” मा जिल्ला कोषाध्यक्ष जगत भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष बिरेन्द्र रावल रहनु भएको थियो ।
विशिस्ट अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य कमल ढुङ्गाना,अतिथी अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं अछाम इन्चार्ज निरक शाही,केन्द्रिय सचिवालय सदस्य मदन विस्ट ,केन्द्रिय सदस्य सुरेन्द्र साउद रहनु भएको थियो ।
अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष कमल कोलिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटी सचिव भिम बडाहितले गर्नु भएको अनेरास्ववियु प्रचार विभाग प्रमुख एवं जिल्ला प्रबक्ता रेबन्त विस्टले जानकारी दिनुभयो ।


