पहिरोको उच्च जोखिममा १६ घरधुरी : मेल्लेख ठाटी


पैरवी खबर

मेल्लेख :हिजो राति देखि अाएकाे अविरल बर्षा का कारण अछामको मेल्लेख गाउपालिका वडा न ३ ठाटिकाे नाैलाघर र चाैसाल टाेल मा पहिराे जान थालेकाे छ । पहिराे जान थाले पछि त्यस दुबै टाेलका १६ घर परिवार उच्च जाेखिममा रहेका छन । चाैसाल टाेलमा सडक काटिएकाे ठाउदेखि घर अगाडि र नाैलाघर टाेलमा घरकाे छाडि बाट पहिराे जान थाल्यपछि नाैलाघर टाेल का स्थानीय नरेन्द्र नेपाली ,जयबिर नेपाली र मानसिह नेपालीको घरसहित चर्केका छन भने यस्तै चाैसाल टाेलमा जगत शाह ,गाेकुल शाह भिम बहादुर शाह देब शाह भरत शाह लगायतको घर अति जाेखिममा रहेकाे वडा अध्यक्ष केशरबहादुर शाहले बताएका छन केही घरका घरपरिवार घर छाेडेर अनेत्र सर्दै छन भने काेहि घरपरिवार घर छाडनकाे लागि सामन अाेसार पसार गरिरहेका स्थानीय गाेकुल शाहले जानकारी दिनुभएको छ अहिले वडा अध्यक्ष केशरबहादुर शाह काे नेतृत्वमा स्थानीय जनप्रतिनिधि काे टाेलि त्याहकाे अबस्था बुझ्न त्यस पहिराे ग्रस्त क्षेत्र पुगेकाे छ ।भने इलाका प्रहरी कार्यलय ठाटि बगुडा बाट खटिएको टाेलिले थप त्यस क्षेत्र काे जानकारी लिरहेकाे प्रहरी सहाय निरक्षक जनक एेर ले बताएका छन । त्यस टाेल का स्थानीय बर्षायम काे बेला यश अघि पनि घर छाडेर खरक,छानाे , वडा कार्यलय भवन र नजिक काे बिद्यालय बास बस्नुपर्ने बाध्यता रहेकाे छ ।