नागरिक समाजले भुमिहिनहरुको डाटा संकलन गर्ने
२०७८ श्रावण २७
FMDC द्वारा संचालित कार्यक्रम पारस्परिक जवाफदेहीता परियोजना अन्तरगत साझेदारी मंच बैठक साफेबगरमा सम्पन्न भएको छ ।साफेबगर नगरपालिका का नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा बसेको बैठकमा साफेबगर नगरपालिका र साझेदारी मंचको दोहोरो छलफल गरेर कृषि अनुदान निति ( नमुना ) नगर प्रमुख कुल ब कुवरलाइ हस्तान्तरण गरिएको छ । साफेबगर नगरपालिकाको परामर्श तथा सहयोगमा नागरिक समाजले साफेबगर नगरपालिका का १४ ओटै वडामा भुमिहिन हरुको बास्तबिक डाटा संकलन गर्ने भएको छ। बैठकमा साफेबगर नगरपालिका ०३ न वडा सिद्धेश्वरका अध्यक्ष कृष्ण बहादुर बुढा , ०४ न वडा मस्टामाडौका अध्यक्ष बालगिरी कुवर , ०५ न वडा नवाठानाका अध्यक्ष उज्जिर सि साउद , ०७ न वडा रिडिकोटका अध्यक्ष मिट्ठु सि भाट , कार्यपालिका सदस्य जित बहादुर निशानी , जयन्ती बोगटी , वडा सदस्य राजेन्द्र बगरकोटी , एकेन्द्र भुल, पत्रकार तपेन्द्र कुवर , रमेश पुरुष , सरिता खड्का , गै स स महासंघ अछामका ढकेन्द्र कुवर , मान ब कुवर , आर टि आइ प्रदेश सदस्य मनिष बि क को उपस्तिथि रहेको थियो ।बैठकको संचालन FMDC अछामका संयोजनक गणेश तिरुवाले गर्नुभएको थियो ।


