अछाम । नेपाली कांग्रेस अछामको जिल्ला सभापति पदमा कृष्णबहादुर बुढाले उम्मेदवारी घोषणा गर्नुभएकाे छ । यस अघि पार्टीको क्षेत्रीय सभापतिकाे जिम्मेवारी निभाई सकेका बुढाले पार्टीभित्र संगठनलाई थप मजबुत, सुदृढ र गतिशील बनाउने तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धतासहित उनले सभापति पदमा उम्मेदवारी घोषणा गरेकाे बताउनुभएको छ ।
उम्मेदवारी घोषणा गर्दै बुढाले ‘आजको जिम्मेवारी भोलिको सफलता हो’ भन्ने सन्देशसहित पार्टीको संगठनात्मक सुदृढीकरण, विचार र सिद्धान्तको संरक्षण तथा कार्यकर्ताको भावना समेट्ने नेतृत्व निर्माणमा आफू केन्द्रित रहने बताउनुभयाे ।
उहाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ मजबुत र सुदृढ बनाउन आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । पार्टीलाई जनतासँग जोड्ने, संगठनमा सक्रियता बढाउने तथा नेता, कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरूबीच सहकार्यको वातावरण निर्माण गर्ने आफ्नो उद्देश्य रहेको उम्मेदवारी घोषणामा उल्लेख छ ।
सभापति पदमा उम्मेदवारी घोषणा गर्दै बुढाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरूमा साथ, सहयोग र समर्थनका लागि अपिल समेत गर्नुभएको छ । पार्टीको आन्तरिक एकता, संगठनात्मक मजबुती र विचारप्रतिको प्रतिबद्धतालाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने उहाको भनाइ छ।


