साँफेबगर । साँफेबगर नगरपालिका–१२, खप्तड अछाममा महिला सञ्जालको आयोजना तथा वडा कार्यालयको सहयोगमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।
महिला सञ्जालकी अध्यक्ष बिमला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष जनक कडायत प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडाका महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा महिला एकता, आपसी सद्भाव तथा मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा जोड दिइएको थियो। तीजको अवसरमा महिलाहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ तीज मनाएका थिए।
कार्यक्रमको सञ्चालन शारदा कडायत धामीले गर्नुभएको थियो।


