साँफेबगर । अछामको साँफेबगर क्षेत्रमा करिब एक महिनादेखि खाना पकाउने रेडियन्ट र सैपाल ग्यासको अभाव हुँदा सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्।
ग्यासको नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्र धाउनुपर्ने अवस्था आएको छ। बिक्री केन्द्र डिलरमा धाउदा पनि खाली सिलिन्डर बोकेर घर फर्किनु परेको उपभोक्त बताउछन । लामो समयदेखि ग्यास नपाउँदा उपभोक्तालाई निकै समस्या भएको छ ।
स्थानीयका उपभोक्ताका अनुसार बजारमा ग्यास कहिले आउने भन्ने निश्चित नहुँदा दैनिक खाना पकाउने काम प्रभावित भएको छ। ग्यासको अभावका कारण कतिपय परिवार वैकल्पिक इन्धन र दाउराको प्रयोग गर्न बाध्य भएका छन् भने एक महिनादेखि ग्यासको समस्या देखिए पनि सम्बन्धित निकायले आपूर्ति सहज बनाउन प्रभावकारी पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन्। उनीहरूले तत्काल ग्यासको नियमित आपूर्ति व्यवस्था मिलाउन सरकारलाई माग गरेका छन्।
साँफेबगरमा लामो समयदेखि देखिएको ग्यास अभावप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।


