अछाम, साउन २९। किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यसहित अछामको साँफेबगरमा सञ्चालित युवा आर्थिक सशक्तिकरणसम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA),UNFPA तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सहकार्यमा वाक नेपाल द्वारा संचालित किशोर तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE girls ) परियोजना अन्तर्गत
साउन २० गतेदेखि सुरु भएको तालिम आज साउन २९ गते सम्पन्न भएको हो।
तालिममा १८ देखि २४ बर्ष सम्मका किशोरी तथा युवतीहरूको आर्थिक सशक्तिकरण, सीप तथा क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। अछामबाट साफेबगर नगरपालिका ,कमलबजार नगरपालिका ,मंगलसेन नगरपालिका र बाजुराबाट बुढीगङ्गा नगरपालिका ,बडिमालिका नगरपालिकाका युवतीहरुको सहभागिता रहेको थियो ।
तालिमले किशोरी तथा युवतीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन तथा उनीहरूका लागि सुरक्षित र सहयोगी वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
तालिममा KOICA, Good Neighbors International Nepal, सेबक–नेपाल, GIFT-Nepal, WAC Nepal र UNFPA संस्थाहरूको सहकार्य रहेको थियो।
नगेन्द्र रिजाल र गोविन्दराज अवस्थी सहजकर्ताको रुपमा तालिममा सहभागी हुनुहुन्थ्यो ।
तालिम सम्पन्न भएसँगै सहभागी युवतीहरूले प्राप्त गरेको सीप र ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


