साँफेबगर । जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटाएर समाजसेवाको उदाहरण प्रस्तुत गर्दै मेल्लेख गाउँपालिका–७ नन्देगडा घर भई हाल साँफेबगरमा बसोबास गर्दै आएका हेमराज विकले विपन्न परिवारलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग गरेका छन्।
साँफेबगर नगरपालिका–१२ खप्तड निवासी स्वर्गीय दिनेश बाब्लीको परिवार तथा उनका बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्रीसँगै २ हजार ५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
जन्मदिनलाई केवल उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस सहयोगले बालबालिकाको शिक्षामा सकारात्मक टेवा पुग्ने छ । हेमराज विकको यस मानवीय कार्यले अरूलाई पनि प्रेरणा दिनेछ ।


