वैद्यनाथधाममा धनगढी उपमहानगरको धार्मिक सहयोग, भजन–कीर्तनका सामग्री हस्तान्तरण


पैरवी खबर

अछाम — “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” भन्ने पवित्र उद्घोषलाई आत्मसात गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोलीलाई वैद्यनाथधाम अछाममा स्वागत गरिएको छ।
वैद्यनाथधाम क्षेत्रमा प्रत्येक शनिवार सञ्चालन हुँदै आएको भजन–कीर्तन तथा आरती कार्यक्रमलाई निरन्तरता दिन सहयोग स्वरूप टोलीले हार्मोनियम, तबला, मादल, खैजडी, डोलक लगायतका सांगीतिक सामग्री हस्तान्तरण गरेको जनाएको छ।
धार्मिक तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनमा धनगढी उपमहानगरपालिकाले देखाएको सहयोगप्रति स्थानीयवासी तथा आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्। साथै धनगढी उपमहानगर परिवारको सपरिवार सुख, शान्ति तथा समृद्धिको कामना गर्दै बाबा वैद्यनाथप्रति सभक्ति प्रार्थना गरिएको छ।