घुघुरकोटमा वडा स्तरीय महिला संजाल गठन


पैरवी खबर

साँफेबगर ।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा वडा स्तरिय घुघुरकोट महिला संजाल गठन गरिएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षता एवम पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाको सहजीकरणमा बसेको बैठकले वडा स्तरिय घुघुरकोट महिला संजाल गठन गरिएको हो। बैठकले चेतना जोशीको अध्यक्षतामा २० सदस्यीय घुघुरकोट महिला संजाल गठन गरेको हो। संजालको सचिव नितु खड्का, कोषाध्यक्षमा बसन्ती कार्की लागाएत १७ जना सदस्यलाई संजालको सदस्यमा चयन गरिएको छ। उक्त बैठकबाट चैत्र २८ गते संजालको बैठक बस्ने निर्णय गरेको पनि जनाईएको छ। केएनएचको आर्थिक सहयोग, पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाको सहजीकरणमामा घुघुरकोटमा संचालन भई रहेको वाक नेपालले जनाएको छ। बैठकमा पूर्व वडा अध्यक्ष लाल बहादुर खड्का, वडा सदस्य भुपेन्द्र बहादुर महता, उर्मिला खड्का, हस्त भुल, मथुरा बिक, वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वार, दिनेश रावल, लेखा अधिकृत पुजा साउँद, साँफेबगर नगरपालिका वडा नम्बर १० का वडा सचिव इन्दिरा भण्डारी, सामाजिक परिचालक राजेन्द्र बिक लगायत संजालका सदस्यहरुको उपस्थिति रहेको थियो। बैठकको संचालन केएनएचको आर्थिक सहयोगमा वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका सामुदायिक सहजकर्ता अप्सरा बुढा महताले गर्नु भएको थियो।