अनेरास्ववियु अछामको जिल्ला सम्मेलन फागुन ११ र १२ गते हुने


पैरवी खबर

साँफेबगर । अनेरास्ववियु आयोजक कमिटी अछामको छैटौं बैठक सम्पन्न भएको छ ।
कमिटीका अध्यक्ष कमल कोलिको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको भएको छ ।
यहि माघ २६ र ,२७ गते हुने भनिएको जिल्ला सम्मेलन विविध कारण बस स्थगित भै फागुन ११र १२ गते गर्ने भन्ने निर्णय गरियो गरिएको छ ।
साथै प्रत्यक पालिका क्याम्पस र विद्यालय कमिटी बाट फागुन ४ गते प्रतिनिधि छनोट गर्ने र
५ गते आयोजक कमिटिको बैठक गर्ने निर्णय पनि गरिएको छ ।
सम्मेलन सफल पार्न कमल कोलिको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरिएको छ ,भने विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन जसमा :
१.राजनीतिक तथा साङ्घठनिक,प्रतिबेदन लेखन उपसमिति संयोजक: कमल कोलि
२. आर्थिक लेखन उपसमिति: जगत भण्डारी
३.प्रचार प्रसार उपसमिती :रेबन्त बिष्ट
४.प्रतिनिधि छनोट उपसमिति : श्याम सुन्दर रावल
५. खाद्य आवास उपसमिति : भिम बडाहित
६. मन्च ब्यावस्थापन उपसमिति : जगत भन्डारी
७. साँस्कृतिक उपसमिति: राधिका उपाध्याय रहेका छन ।
बैठकमा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
विशिस्ट अतिथि नेकपा एमाले अछामका सचिव भिम रावल कालो टोपी ,जिल्ला सचिवालय सदस्य लिलाराज केसि , पूर्व विद्यार्थी नेता डिबि साउद, नेकपा एमाले जिल्ला कमिटी सदस्य पदम धामी, पुष्प कठायत नगर कमिटी अध्यक्ष बृख बोगटी, अनेरास्ववियु अछामका इन्चार्ज मन्पुरा शाही, केन्द्रिय लेखा आयोग सदस्य कर्ण बुढा, स्ववियु सभापति सुरेन्द्र चलाउने, अनेरास्ववियु प्रदेश कमिटी सदस्य नारायण कुँवर देबसरा भन्डारी लगायतको उपस्थिति रहेको थियो ।
बैठकको संचालन अनेरास्ववियु अछामका सचिव भिम बडाहितले गर्नु भएको
प्रचार विभाग प्रमुख रेबन्त बिष्टले जानकारी दिनुभयो ।