९१ वटै वडामा एकसाथ ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने कांग्रेस अछामको निर्णय


पैरवी खबर

शुसिल भण्डारी

अछाम : नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामको बैठक सम्पन्न भएको छ ।

बीपी स्मृती भवन, मंगलसैनमा पार्टी सभापती पुष्प बहादुर शाहको सभापतित्वमा बसेको बैठकले माघ १६ गते देखि २६ गते सम्म जिल्लाका ९१ वटै वडामा समुदायमा कांग्रेस अभियान एकसाथ सञ्चालन गर्ने निर्णय गरेको छ।

काग्रेस केन्द्रको परिपत्र अनुसार देशभर एकसाथ संगठन सुदृढीकरणका लागि सञ्चालन गर्न लागिएको समुदायमा कांग्रेस अभियान जिल्लाका सबै बडाा समेत एकसाथ सञ्चालन गर्ने निर्णय भएको पार्टी प्रवक्ता पदम बहादुर शाहले बताए।

९१ वटै वडामा हुने कार्यक्रमका लागि प्रदेश कार्य समिती पदाधिकारी एवम सदस्यहरु,जिल्ला कार्यसमिति पदाधिकारी एवंम् सदस्यहरु, महासमिती सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु र दुबै क्षेत्रका तथा प्रदेश सभा अर्न्तगतका नेताहरुलाई परिचालन गरिने जिल्ला सभापती शाहले बताए । पञ्चदेवल विनायक नगरपालिका प्रमुख समेह रहनु भएकी सुदुरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेको विशेष उपस्थिती रहेको बैठकमा कांग्रेस नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।