ओली नेपाल रमिता, के भन्छन् एमालेका ३ नेता ?


पैरवी खबर

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावका कारण पार्टी संकटमा छ । पार्टीबाट हटाउने आँट नगर्ने ओली र फुटाउने जोखिम नमोल्ने नेपाल प्रवृतिका कारण पार्टी अप्ठेरोमा अड्किरहेको छ ।

सत्तामा छँदा रमिता देखाएर लोक हँसाएका एमाले पार्टीले सत्ताबाट खसेर सडकमा पुगिसकेको अवस्थामा पनि रमिता देखाउन छोडेको छैन । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको जुंगाको लडाईले न एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकको अपेक्षा बमोजिम एकताबद्ध भएर अघि बढ्न सकेको छ न त एमालेको विभाजनमा आफ्नो भविष्य देख्ने शक्तिहरुको इच्छाबमोजिम औपचारिक रुपमा फुटेर आ–आफ्नो बाटो लागेका छन् । बरु, नेतृत्वलाई ठाडो दोष लगाउन हिचकिचाएका दोस्रो तहका नेताहरु स्वयम आफैलाई पनि दोषी करार गरिरहेका छन् ।

ओली र नेपालको एकअर्कालाई गलाउने खेलमा एमाले पार्टी नै गलिसकेको छ : सुवास नेम्वाङ

निष्कासनको घोषणा गर्ने तर कार्यान्वन गर्नेबेलामा पछि हट्ने गरेका ओलीले नेपाललाई घरको बार्तलीबाट समेत गर्नु गाली गरे । अनि बेग्लै दलको अभ्यास गरिरहेका नेपाल पनि अनेक असहजताका बाबजुद पनि औपचारिक विभाजन गर्ने साहस देखाएका छैनन् । वैधानिक हिसाबले एमाले प्रतिपक्षमा पुगेको छ तर एमाले अहिले सत्तारुढ गठबन्धनमा पनि सामेल छ । सत्तारुढ गठबन्धनको बैठकमा पनि एमालेको एउटा समूह सहभागी छ । अनि संसद्को सबैभन्दा ठूलो दल रहेको एमालेको वैधानिक हैसियत प्रमुख प्रतिपक्षी दल हो । ओली र नेपालको एकअर्कालाई गलाउने खेलमा एमाले पार्टी नै गलिसकेको छ ।

ओलीलाई कुर्सीबाट झार्न मुख्य भूमिका एमालेकै छ : शेरबहादुर तामाङ

ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट झार्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको शिखरमा विराजमान गराउन मुख्य भूमिका पनि एमालेकै छ । जसमा वरिष्ठ नेता नेपालको कम योगदान छैन । जसले गर्दा मन्त्रीवपरिषदमा नेपाल पक्षलाई पनि समेट्ने प्रयास थाल्दा सरकार गठन भएको तीन सात वितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन । पार्टी एकतामा विलम्व र सरकार गठनमा भएको ढिलाइमा वरिष्ठ नेता नेपाल बाधक बनेको देखिन्छ । र पनि उनी पक्षका नेताहरु पार्टीलाई सरकार भन्दा पार्टीलाई नै एक ढिक्का बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

पार्टीभित्र मात्रै होइन, प्रदेशमा पनि विवाद छ : गोकर्ण विष्ट

सत्ताबाट सडकमा झरेको एमालेको विवाद पार्टी भित्र मात्र सिमित छैन । संघीय संसद र प्रदेश सभामा पनि त्यसको अभ्यास भएको सवैसामु छर्लंग छ । बैधानीक रुपमा नफुटेपनि एमाले अहिले दुई धुर्वमा विभाजित छ । जसका कारण बहुमत हुँदा पनि कर्णाली र गण्डकीको सत्ता विपक्षको हातमा पुगेको छ । लुम्विनीको विवादले त्यहाँ पनि सरकार परिवर्तन हुने संकेत देखिएको छ ।