साईन्स विषय अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्छौ :- नगर प्रमुख कुँवर


पैरवी खबर

कल्पना वोहरा
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विज्ञान (साईन्स) विषय अध्ययन गर्न ईच्छुक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नगरपालिका पूर्ण छात्रवृतिको व्यवस्था गर्ने बताउनुभयो । रेडियो जनप्रिय एफएमले साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथमा आयोजना गरेको जनप्रतिनिधिसँग मेयर कार्यक्रममा वोल्दै उहाँले नगरका १४ वटै वडाबाट एक÷एक जना विद्यार्थीलाई अध्ययनको लागि नगरपालिका जिम्मेवारी लिन तयार रहेको धारणा व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर भएका जिल्ला वाहिर जान नसक्ने विद्यार्थीको लागि सुर्यचन्द्र माविमा विज्ञान विषय अध्ययनको लागि नगरपालिका तयार रहेको नगर प्रमुख कुँवरको भनाई रहेको छ । 


 ‘नगरका अधिकांस विद्यालयमा विज्ञान शिक्षको अभाव रहेको छ ।’ नगर प्रमुख कुँवरले भन्नुभयो–‘नगरले पटक–पटक विज्ञापन आह्वान गर्दा पनि दर्खास्त आउन सकेन् ।’ पालिकास्तरमा शिक्षण सिकाई अनुदानका लागि नियुक्त गर्न भन्दै छुट्टै कोटा दिए पनि त्यसबाट पनि पदपुर्ती हुन सकेको छैन् उहाँले भन्नुभयो । अव यसको दीगो व्यवस्थापनको लागि अहिलेको लागि सुर्यचन्द्र माविमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी विज्ञान विषय अध्ययन गर्ने पाउने  नगर प्रमुख कुँवरको भनाई रहेको छ । 
   विद्यालयमा शिक्षक अभाव हुनुमा गणित विज्ञान पढेकाहरुको संख्या कम हुनु र पढेकाहरु पनि लोकसेवाको तयारीमा रहने गरेका कारणले पालिकास्तरमा पनि विज्ञान÷गणित शिक्षक नियुक्त गर्न समस्या हुने गरेको साँफेबगर शिक्षा शाखाका प्रमुख हिरादत्त भट्टको भनाई रहेको छ । विज्ञान÷गणितका शिक्षक अभाव हुँदा पढाइको गुणस्तर घट्ने गरेको उहाँको वुझाई रहेको छ ।
   ‘विज्ञान विषय अध्ययन गरेकासँग ईजाजत पत्र हुँदैन ।’ उहाँले भन्नुभयो–‘ईजाजत पत्र भएकाहरु दुर्गम ठाउँमा आउन नमान्दा गणित, विज्ञानका शिक्षको अभाव रहेको छ ।’ यसले गर्दा पालिकाले पटक–पटक विज्ञापन आह्वान गर्दा पनि दर्खास्त आउन नसकेको शिक्षा शाखा प्रमुख भट्टको भनाई रहेको छ।
  यस्तै सोही कार्यक्रममा वोल्दै वडा नं.१ वैजनाथका अध्यक्ष नन्दबहादुर ठकुल्लाले पनि आर्थिक अवस्था कमजोर भएका विज्ञान विषय अध्ययन गर्ने चाहले २ देखि ३ जनालाई वडाले पनि निःशुल्क पढ्ने व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले जेहेन्दार विद्यार्थीलाई पढ्नबाट वन्चित नगराईने धारणा व्यक्त गर्नुभयो । 
सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले विद्यालय तहबाटै नै विज्ञान विषयमा जोड दिनुपर्ने बताउनुभयो । विज्ञान विषय लिएर पढ्ने अधिकांश विद्यार्थीले भविष्यमा ठूलो डाक्टर वा इन्जिनियर बन्ने यो प्राविधिक विषय भएका कारण लगानि बढाउनु पर्नेमा प्रअ शाहको जोड रहेको छ । विज्ञान विषय पढेर डाक्टर वा इन्जिनियरबाहेक विज्ञानका अन्य थुप्रै विषयमा आफ्नो भविष्य निर्माण गर्न सकिने बताउने उहाँको भनाई रहेको छ ।

विद्यालय तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय विज्ञान शिक्षा प्रदान गर्नसके मात्र देशमा सक्षम र दक्ष वैज्ञानिक तथा प्राविधिक मानव संसाधन उत्पादन गर्न सकिने प्रधानाध्यापक शाहको भनाई रहेको छ । उहाँले अहिले सुर्यचन्द्र माविमा कक्षा ११ र १२ मा २६ जना विज्ञान विषय अध्ययन गदै आएको छ ।  १६ जना विद्यार्थी चौरपाटी गाउँपालिकाको सहयोगमा विज्ञान विषय निःशुल्क रुपमा अध्ययन गर्दै आएको सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक शाहले जानकारी दिनुभएको छ । जनप्रतिनिधिसँग मेयर कार्यक्रममामा निवर्तमान जिल्ला समन्वय समिति सदस्य लक्ष्मि शाह, पूर्व वडा अध्यक्ष अमर शाह, वडा सदस्य लगायत सरोकारवालको सहभागिता रहेको थियो ।