नेकपा (माओवदी) ले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रम सम्पन्न


पैरवी खबर

अछाम – हालै सम्पन्न निर्वाच, फेरिएको परिस्थिति र आगामी कार्यभार विषयक अन्तरसम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनितिक दलका पदाधिकारी, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य शेरबहादुर विश्वकर्माले हालै सम्पन्न निर्वाच, फेरिएको परिस्थिति र आगामी कार्यभार विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो । आधारपत्रमा नेपालको वर्तमान राजनितिक घट्नाक्रम, विकास, चुनौती र अवसरका बारेमा चर्चा गरिएको छ । अन्तरसम्बाद कार्यक्रममा सहभागि सरोकारवालाहरुले नेता विश्वकर्माले प्रस्तुत गर्नुभएको आधारपत्र माथि टिपणी सहित सुझाव राखेका थिए । सम्बाद कार्यक्रममा सहभागिाहरुले यो कार्यक्रम निकै सान्दर्भिक भएको भन्दै यस्ता सृजनशिल कार्यक्रमहरु अन्य राजनितिक दलहरुलेपनी गर्न आवश्यक रहेको बताएका छन । यो पार्टीले बेला बखतमा यस्ता कार्यक्रमहरुको आयोजना गरेर सरोकारवालाहरुलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गरेर नागरिकको मन जित्ने काम गर्न सुझाव दिएका छन । पार्टीका जिल्ला सचिव निरक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि राजनितिक दल, लगायतक सरोकारवालाहरुले अहिलेको परिस्थिति सृजनाहुनुको पछाडी पुराना दलहरुले जनअपेक्षा अनुसार काम नगर्नुकै परिणम भएको बताएका थिए । पुराना भनिएका दलहरु नसच्चिनु र देश दिन प्रतिदिन संकटमा फस्दै गएपछी नेपाली जनताहरुले यस पटक मत बदलेको उनीहरुको भनाई छ । अहिलको यो परिस्थितिमा पुरानादलहरुले गम्भिर रुपमा समीक्षा गर्दै आगामी दिनमा रचनात्मक ढंगले अघि बढ्नुपर्ने सुझाव दिएका छन । सत्तामा भएकाहरुले जनताको मन जित्नेगरि कामगर्नुपर्ने र सत्ता बाहिर रहेकाहरुले सडकबाट जनताका आवाज बुलन्द गर्नुपर्ने सुझाव दिएका छन । सरकारको नेतृत्व गरेकाहरुले सम्हालिएर सरकार चलाउनुपर्ने र पराजित भएका दलहरुले जिम्मेवार प्िरतपक्षको भूमिका खेलेको खण्डमा देश र जनताको लागी राम्रोहुनेमा जोड दिएका छन । देशमा स्थिर सरकार नहुदा नेपाली जनताहरुले धेरै दुख पाएको भन्दै सरोकारवालाहरुले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५ वर्ष सरकार चलाउन दिनुपर्ने र उसले गरेका कामको गुण र दोसका आधारमा विरोध र समर्थन गर्नुपर्ने सरोकारवालाको भनाई थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समिति सचिव टक्कर बहादुर शाह, नेकपा एमालेका प्रदेश कमीटी सदस्य भिमबहादुर जनाला, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ सरस्वती रावल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन नाथ, मंगलसेन नगरपालिका वडा न ४ का अध्यक्ष नाम सिंह धामी, अधिकारर्मीहरु मदनबहादुर कुवँर, जयबहादुर बोगटी, पत्रकार टेकबहादुर थापा लगायतले आ आफ्नो विचार राख्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रिय सदस्य शेरबहादुर विश्वकर्माले कार्यक्रममा सहभागि सरोकारवालो गर्नुभएको टीपणी र सोधेका प्रश्नहरुको जवाफ समेत दिनुभएको थियो । पार्टीका नेता तिलक बिष्टको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन एकेन्द्र राज नाथले गर्नुभएको थियो ।