विचारक र विद्वान बन्न अन्तर ज्ञानको आवश्यकता पर्दछ


पैरवी खबर

हिक्मत कुँवर ,अछाम

अन्याय ,अत्यार र भ्रष्टाचार गरेर होस् या नीति नियम मिचेर होस् मान्छे धनी हुन चाहन्छन् । धनी भएकै कारणले त मान्छे सामाजिक हुन पाएका छन, धार्मिक हुन पाएका छन,राजनीतिज्ञ हुन पाएका छन, सन्तानहरुलाई शिक्षा दीक्षा दिन पाएका छन,महङ्गो उपचार गर्न पाएका छन। त्यति मात्र होइन -धनी भएकै कारण मान्छे दानी पनि कहलिएका छन। विचारक विद्वान पनि ठहरिएका छन।
त्यसैले मान्छे पैसा कमाउनमा लालायित छन र चाहन्छ पनि ! चाहे इमान बेचेर होस वा स्वाभिमान बेचेर होस यसको कारक तत्त्व भनेको नै जनताका आधारभूत आवश्यकताहरुलाई सरकारले सुनिश्चित नगर्नु हो।यदि जनताका आधारभूत आवश्यकतालाई सरकारले सुनिश्चित गर्छ भने मान्छे इमान बेच्दैनन् ,मान्छे नैतिकता बेच्दैनन् साथै अकुत सम्पत्तिको मालिक हुन पनि चाहदैनन्। आफ्नो क्षमता अनुसार सामान्य कर्म गरेर जीवन निर्वाह गर्छन । यूरोपियनको जस्तै अमेरिकनको जस्तै यो विषयमा मनोवैज्ञानिक अध्ययन गरि सरकारले अगाडी बढ्नु पर्ने मैले देख्छु।
राजनीति शास्त्रमा विद्यावारिधी गर्दैमा देशको समस्याको समाधान हुदैन। देशको समस्या समाधान गर्न मनोबैज्ञानिक दृस्ठिकोणको साथै ज्ञान चाहिन्छ।आज यो विश्वमा जति पनि विद्वानहरु,विचारकहरु, वैज्ञानिकहरु,लेखकहरु छन नी ! ती तमाम विद्वानहरुमा विद्यावारिधी गर्नेहरुको संख्या नगण्य रुपमा छ। अध्ययनले शैक्षिक प्रमाणपत्र प्राप्त गर्न जति भूमिका खेल्छ नी त्यति भूमिका विद्वान र विचारक बन्न खेल्दैन । विचारक र विद्वान बन्न अन्तर ज्ञानको आवश्यकता पर्छ । शैक्षिक प्रमाणको आधारमा र पदको आधारमा मान्छेको मुल्यांकन गरि सामाजिक र राजनीतिक जिम्मेवारी दिने जुन हाम्रो मान्यता छ त्यसलाई पनि चिर्न आवश्यक ठानेको छु मैले ।

लेखक कुँवर स्वतन्त्र भावनाले समाजसेवा गर्ने र समाज रुपान्तरणका एक सम्वाहक हुन ।