शिखर इन्स्योरेन्स कम्पनी साँफेबगर शाखाले एकै पटक दियो ५ वटा पशुको दाबी भुक्तानी


पैरवी खबर

साँफेबगर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाले एकै दिन पाँच वटा पशु बिमाको दाबी भुक्तानी गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका बीच साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ कालिमाटी र वडा नम्बर ०२ जाल्पादेवीका बिमितलाई भुक्तानी गरिएको हो
जसमा बैजनाथकि अबिकला विकलाई २ वटा बाख्रा को रकम रु .२८ हजार ५ सयको चेक हस्तान्तरण गरिएको थियो । उनले बाख्राको बिमा गर्दा दुई बाख्राको रु .३०० तिरेकी थिइन । सोही वडाकी सीता धामीलाई १ वटा बाख्रा वाफतको रु ११ हजार ४ सय दाबी भुक्तानी गरिए हो । जस्को बिमा गर्दा १२० तिरेकी थिइन ।
साँनपा २- झाकालेकी धनसरा कुँवरलाई १ बाख्राको १४ हजार २ सय ५० भुक्तानी गरि, र राधिका शाह स्वारलाई ११ हजार ५ सयको चेक हस्तान्तरण गरिएको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा वडाका वडा अध्यक्ष र कार्यवाहक वडा अध्यक्ष , शिखर इन्स्योरेन्स साँफेबगरका प्रबन्धक हस्त बहादुर कार्की र पशु प्राविधिक रविन्द्र तिरुवाको सहभागिता रहेको थियो ।