रामारोशनबाट चुनावी दौडमा डा. भीम रावल -pairabi khabar


पैरवी खबर

अछाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार डा. भीम बहादुर रावलले रामारोशन गाउँपालिकाबाट आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ । नेकपाका नेता पहल साउदको अध्यक्षतमा भएको चुनावि अभियानका सुरु भएको थियो ।

नेकपा रामारोशन गाउँ संगठन कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. रावलले देशको राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा जनताको अधिकार सुनिश्चित गर्न बलियो कम्युनिष्ट आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व, सुशासन र समावेशी विकासका लागि नेकपाको नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यकर्ता भेलामा बोल्दै डा. रावलले अछाम जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या बुझ्ने र समाधानतर्फ केन्द्रित हुने नीति लिइने उल्लेख गर्नुभयो ।
भेलामा पूर्व मन्त्री नेकपाका नेता शेरबहादुर कुँवर, पूर्व मन्त्री प्रदेश सभा सदस्य झपट साउद, केन्द्रीय सदस्य कुलबहादुर कुँवर, समानुपातिक उम्मेदवार निर्मला साउद, केशर मिया लगायत नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित रूपमा अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाले अछाम निर्वाचन क्षेत्र नं. १ मा जनसमर्थन थप मजबुत बनाउने लक्ष्यसहित विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमलाई तीव्र बनाउँदै लगेको जनाएको छ । नेकपाका नेता लोक बहादुर रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन तारा तारा खनालले गर्नुभएको थियो ।