अछाम । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम क्षेत्र न २ का उमेदवार यज्ञ बहादुर बोगटीले जनताको माया देखेर चुनाव जितको महसुस भएको बताउनुभएको छ । आफु जुन वडा र टोलमा जान्छु त्यहाका नागरिकहरुले गरेको स्वागत र देखिएको उत्साहले आफ्नो जित निश्चित जस्तै भईसकेको बताउनुभयो । बुधबार जिल्लाका ढकारी गाउँपालिका वडा न ४ र ५ मा भएको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उमेदवार बोगटीले आफु २०७४ मा निर्वाचित हुदा बलाता जस्ता विकट क्षेत्रलाई प्राथमिकता दिएको बताउदै यसपटक जनताले जिताएर पठाए साविकको बलाता गाविसलाई पहिलो पहिलो प्राथमिकतामा राखेर कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ । आफु सामान्य परिवार बाट हुर्कीएको नेता भएको बताउदै उमेदवार बोगटीले जनताका सबै किसिमका समस्याका बारेमा आफु जानकार रहेकाले यसपाली पुन एक पटक मतदान गरि सेवा गर्ने मौका दिन समेत आग्रह गर्नुभएको छ ।
घरदैलो कार्यक्रममा स्थानीय संग अन्तरक्रिया गर्दा बलाताका मतदाताहरुले यसपटक एमालेका उमेदवारलाई मतदान गर्ने र आफ्नो गाउँको मुहार फेर्ने योजना रहेको बताएका छन । घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमीटी सदस्य हेमा शाही, पुर्व जिल्ला कमीटी अध्यक्ष चन्द्र बहादुर बोहरा, पुर्व जिल्ला कमीटी सचिव भिम रावल (कालोटोपी ) जिल्ला उपसचिव टोप बहादुर शाही, एमाले नेता पदम बहादुर बुढा, भिम बहादुर बिष्ट, जिल्ला कमीटी सदस्या माया देवी बुढा, नेत्र शाही, गोपाल बोगटी, युवा नेता राजकुमार सुनार लगायतको सहभागिता रहेको प्रेसचौतारीका जिल्ला अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।


