कालाे विधेयक कसरी सेताे भयाे ?


पैरवी खबर

केही दिन देखि देशका बाैद्विक जगत लाखौं विद्यार्थीका मार्गदर्शक गुरुबर्गहरु काठमाडौंको माईतिघर मण्डला देखि नयाँ बानेश्वरकाे संसद भवन सम्म नै मार्च पास गरिरहेका थिए । यसलाई नजिकैबाट नियालि राखेका लाखौं युवाहरुमा देशकाे सार्वजनिक शिक्षा सुधार हुने प्रतिक्षा गरेर विद्यालयमा ताला ठाेकेर समर्थन जनाएका दुनियालाई जानकारी छ । बाैद्विक जगतकाे याे आन्दोलनलाई लाखौं लाख विद्यार्थीहरुकाे समर्थन थियोे । शिक्षामा आमूल परिवर्तन चाहाने मान्छेहरु सबै शिक्षककाे पक्षमा थिए । नारा आकर्षक थियोे । कालाे (विधेयक खारेज गर )विद्यार्थी पढाउने शिक्षकहरु नै बानेश्वरकाे ब्यस्त सडकमा सुति रहेको देख्दा त साच्चिकै (शिक्षामा क्रान्ति )सुरु भएकाे महसुस भएकाे थियोे ।जनताले गुरुबर्गमा ठुलो आशा भराेषा गरेका थिए ।अब नेपालकाे सार्वजनिक शिक्षा व्यवहारिक ढंगबाट सुधार हुन्छ यतिका गुरुबर्गकाे भेला काठमाडौका सडकहरुमा देख्दा त शिक्षाकाे ब्यापारीकरण हुनबाट समेत जाेगिन्छ जस्तो लक्षण देखियाे तर त्यसाे हुन सकेन सुधारकाे पर्खाइमा क्षितिज हेरर बसेकाे सामुदायिक शिक्षाको अनुहारमा लुकेको चाेट फेरि पनि हट्न सकेन फेरि आन्दोलनकारि उनै गुरुबर्ग त्यही कालाे भनियकाे शिक्षा विधेयकलाई सिमित सेवा सुविधामा हस्ताक्षर गर्दै सेताे बनाएर बन्द रहेका विद्यालयकाे साचो खाेल्न गाउँ फर्कि सके उहाँहरुकाे निजि स्वार्थ र सार्वजनिक शिक्षामा भने आकश पातलकाे फरक छ ।अहिले भएका शिक्षक महांसघ र राहत शिक्षक लगायतका सरकारसंग भएका सम्झौता हेर्दा सार्वजनिक शिक्षा सुधार हाेईन निकट भविष्यमा गम्भीर चुनाैतिकाे लाखौं विद्यार्थीहरुले सामना गर्नुपर्ने निश्चित छ अब हिजाे अस्तिकाे हाैसियकाे मण्डला र बानेश्वर सडक एक्लो भयाे फेरि गाडिकाे टायरमा बानेश्वर सडक थिच्चिन बाध्य भयाे अन्तत शिक्षक आन्दोलन भिरमा खस्न लागेकाे गाइलाई राम राम भन्दै अस्तायाे ।
कुम्भ कडायत
अध्यक्ष
कर्मेश्वर मा. वि .भजनी- ०५ कैलाली