आर्थिक समृद्धिको लागि सहकारीको भूमिका महत्वपूर्णः नगर उपप्रमुख कुँवर


पैरवी खबर

असोज ६ अछाम

साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर शिलोजले सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । साँफेबगर नगरपालिका वडा नं.४ मष्टमान्डौंस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारण सभामा वोल्दै उपप्रमुख कुँवरले तीन खम्बे अर्थ नीति अन्तर्गतको सहकारीको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान रहेको उहाँको भनाई रहेको छ । संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उपप्रमुख कुँवरको भनाई रहेको छ ।
उपप्रमुख कुँवरले साँफेबगर नगरपालिकामा सञ्चालित सहकारीलाई आन्तरिक सुशासनमा ल्याउन स्वनियमन प्रभावकारी बनाईने धारणा व्यक्त गर्नुभयो । त्यसको लागि नगरपालिकाले आन्तरिक तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।
उपप्रमुख कुँवरले सहकारीले सहकारीका हरेक काम नीति, विधि र प्रविधिमा रहेको काम गर्नुपर्नेमा सुझाव समेत दिनुभयो । सहकारीका मूल्य, सिद्धान्त परिपालना गरेर सहकारीलाई सुशासनमा ल्याउन प्रभावकारी कदम चाल्न आवश्यक रहेको उपप्रमुख कुँवरको भनाई रहेको छ । १४ औं वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष सुरत भुलले २५ जना शेयर सदस्यको १ सय रुपैयाको लगानिमा सहकारीको सुरुवात गरिएको जानकारी दिनुभयो । अहिले सहकारीमा १ हजार १ सय १५ जनाको शेयरपूजी ८२ लाख ५३ हजार तथा कुल पूजी २ करोड ७४ लाख १२ हजार रहेको जानकारी दिनुभयो । अहिले ५ वडाका २१ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन देखि सुपथ पसल सञ्चालन गर्दै आएको जानकारी समेत दिनुभयो । उहाँले साँफेबगरमा २६ लाख लागतमा सहकारीले १० आना जग्ग्गा समेत खरिद गरेको जानकारी गराउनुभयो ।

सहकारीको कार्य नगरका १४ वटै वडामा सञ्चालन भएको उहाँको भनाई रहेको छ । सहकारीका कार्यकारी अधिकृत महेश्वरी वुड्थापाले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १४ औं वार्षिक साधारण सभामा वह्रकुमारी ईश्वरी विद्यालय अछामका प्रमुख कविता कठायत, पूर्व जिल्ला विकास समितिका सदस्य देव बहादुर कुँवर, समाजसेवि रुपा आउजी, नेपाली कांग्रेसका नगर सभापति लाल बहादुर कुँवर, नेकपा एमालेका नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, एकिकृत समाजवादीका नगर कमिटी अध्यक्ष मुकेश सुनार लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष विजयालक्ष्मी उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव चेतन गन्दर्भले गर्नुभएको थियो ।