चौरपाटी गाउँपालिका -०७ मार्कुमा सदभावपुर्ण तीज विशेष कार्यक्रम सम्पन्न


पैरवी खबर

साँफेबगर । चौरपाटी गाउँपालिका -०७ मार्कुमा सदभावपुर्ण तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

वडा स्तरीय महिला संजाल मार्कुको आयोजनामा विविध मौलिक सास्कृतिक प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो । साविकका ९ ओटै वडाबाट महिला हरुले आ-आफ्ना नृत्य झलकहरु प्रदर्शन गरेका थिए ।

संजालका अध्यक्ष राज्य बोगटीको अध्यक्षतामा भएको तीज कार्यक्रममा वडा अध्यक्ष ललित बोगटी प्रमुख अतिथि रहनुभएको थियो । चौरपाटी गाउँपालिका स्तरीय महिला संजालका संयोजक छत्र खड्का , गा.का.स.भक्त्ते कामी विशिस्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य नृप बोगटी ,धनबहादुर बोगटी , ज्ञानेन्द्र बोगटी ,सेतु बोगटी ,महिला संजाल सदस्य सरस्वती बोगटी लगायतको सहभागिता रहेको थियो ।
संजालका सदस्य अमृता बोगटीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन वडा सचिव प्रदिप बोगटीले गर्नुभएको थियो ।