PAIRABI KHABAR .कविता – “बा”


पैरवी खबर

“बा”
—————–
आमा ओथाराे बसिरहिन्
हामीलाई काेरल्न
हुर्काउन
र बढाउन
बा
दुर सुदूर धाइरहे
घाम पानी ओथाइ रहे
दाना पानी ख्वाइरहे

भुर्र उड्दै
चहार्दै विकट
छिचोल्दै काडेघारी
बटुल्दै ऐसेलु
गुड सम्झी सम्झी
झिसमिसे मै उठेर
झिसमिसे साझ सम्मै
अनवरत खटिएर कर्ममा
मीठा सपना बटुली
सजाइरहे
र आइरहे
सन्तान
र जहानकाे मायामा

आमा साेचीरहिन्
साझ के खालान्
बा जाेहाे गरिरहे
जिन्दगी भरकाे निम्ति
आफ्नो नभै घरकाे निम्ति
मेरा बचेराहरु
दुःख नपाउन्
सदा सदा मिठाे खाउन्
रेशमी लगाउन्
सिद्धी कमाउन्
ऐश फैलाउन्
चराचरमा ।

हिसाब कहिल्यै मिलेन
निसाफ कहिल्यै मिलेन
एक माग्दा
बाले जहिल्यै दुई ल्याउनु हुन्थ्यो
हरेक कुरा
गल्ती मेरै हाेवस्
सदा आमालाई कराउनु हुन्थ्यो
र मलाई बुइ लाउनु हुन्थ्यो

बा
मुर्झाइ रहे
ओइलि रहृे
र पनि हामीलाई फुलाइ रहे
हाम्रो आकाश खुलाइ रहे
सपना सगरमा चुल्याइ रहे
हाम्रा बा
राम्रा बा

मनाेज कुमार साउद
मेल्लेख -४, कुस्काेट अछाम