गणेश मेलाको अवसरमा साँफे एयरपोर्ट बजारमा देउडा खेल हुने


पैरवी खबर

साँफेबगर । साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समिको भेला सम्पन्न भएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर- ०४ मस्टामाण्डौ स्थित एयरपोर्ट बजारमा प्रत्येक बर्ष मनाइने गणेश मेला यसपालि पनि आयोजना गर्न र मेलालाई कसरी सफलता पुर्वक सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यले भेला सम्पन्न भएको हो ।
आउँदो असोज महिनाको ११ गते आयोजना गरिने गणेश मेलामा विशेष गरि देउडा खेल खेलिने भएको छ ।
असोज २ गते नगरपालिका कार्यालय स्थित मन्दिरमा गणेशको मुर्ति स्थापना गरि विहान बेलुका आरति गरिने र ३ गतेदेखि ओम शान्ति द्वारा भक्तजनहरुलाई विहान तिर प्रवचन दिइने भएको छ ।

मेलालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएका छन ।एयरपोर्ट बजार व्यवस्थापन समितिका पदाधिकारी र सल्लाहकार समितिका पदाधिकारीहरु मुल आयोजक समितिमा रहने भएका छन ।
जसमा : भक्त कुवरको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति , जीतबहादुर निशानीको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक समिति , राजेन्द्र कोलीको संयोजकत्वमा स्वयंसेवक समिति , बालगिरी कुँवरको संयोजकत्वमा ५ सदस्यीय पुजा समिति गठन गरिएका छन ।

बजार समितिका अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा भएको भेलामा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
भेलामा जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि सरोकारवालाहरु लगायत बजारबासीको सहभागिता रहेको थियो । भेलाको सञ्चालन बजार समितिका सचिव नवराज बुढाले गर्नुभएको थियो ।