साँफेबगर एयरपोर्ट बजार ब्यवस्थापन समितिको बैठक सम्पन्न


पैरवी खबर

साँफेबगर । साँफेबगर एयरपोर्ट बजार ब्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
बजार ब्यवस्थापन समिति अध्यक्ष राम बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा आउदै गरेको गणेश मेलाको पुर्व तयारी र उक्त मेलाको ब्यवस्थापन गर्नका लागि विभिन्न समिति , उप समितिहरु गठन गर्नुपर्ने हुदा यहीँ महिनाको २३ गते आमभेला बोलाउने
निर्णय गरिएको छ ।

नयाँ शहर आयोजनाले ल्याण्डपोलिङको काममा ढिला सुस्ती गरेको , बजार भित्रका नाली र सोलार बत्तिहरु मर्मतमा ध्यान नदिएको लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाउने समेत निर्णय गरेको छ ।

बैठकको संचालन सचिव नवराज बुढाले गर्नुभएको थियो ।