नेपाल भारतसंग पराजित


पैरवी खबर

काठमाडौं: एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ। श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो।

भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ। पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो। वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो।

भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले ५८ रनको अर्धशतकिय पारी खेले।

उनले ९७ बलमा आठ चौका प्रहार गरे। त्यस्तै सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ४८ रन बनाउदा दीपेन्द्रले २९ र गुल्सनले २३ रन बनाए। भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए।