माओवादी केन्द्र चौरपाटीको अध्यक्षमा पुर्ण बहादुर साउँद चयन


पैरवी खबर

साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चौरपाटी गाउँपालिका कमिटीको तेस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।

बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो पालिका सम्मेलन भन्ने मुल नारा सहित तेस्रो पालिका अधिवेशन चौरपाटीमा सम्पन्न भएको हो ।

अधिवेशनको बन्दसत्रबाट :पुर्ण बहादुर साउँद ( राकेश)को अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा टेक बहादुर थापा , रतन देउकर (आवाज ), गणेश बहादुर साउँद (वर्तमान ),सचिव जगत विक , सह सचिव दीर्घ साउँद, कोसाध्यक्ष मिना परियार लगायत अन्य सदस्यहरु रहेका छन ।

माओवादी केन्द्र चौरपाटीका अध्यक्ष जीवन विक्रम साउँदको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य एवं अछाम इन्चार्ज शरद सिंह भण्डारीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
पार्टीका केन्द्रिय सदस्य एवं अछाम संघीय निर्वाचन क्षेत्र न.१ इन्चार्ज दिपक साउँद (तरंग ),केन्द्रिय वैकल्पिक सदस्य एवं प्रदेश निर्वाचन १ ख इन्चार्ज लोक बहादुर बोहरा (ज्वाला )विशिस्ठ अतिथि रहनुभएको थियो । पार्टीका चौरपाटी गाउँपालिका इन्चार्ज राम बहादुर थापा , चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँद , नेपाली काङ्ग्रेसका सभापति देउमल खड्का , नेकपा एमालेका अध्यक्ष झंकर साउँद , समाजवादीका पालिका इन्चार्ज हर्क साउँद , अखिल नेपाल भारत एकता मंच केन्द्रिय सदस्य रतन देउकर , अनेरास्ववियु क्रान्तिकारी अछामका उपाध्यक्ष रविन्द्र साउँद अतिथि रहनुभएको थियो ।
जिल्ला तथा पालिका स्तरका पार्टीका जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि र पालिकाका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
अधिवेशनले संचालन गणेश साउँद (वर्तमान )ले गर्नुभएको थियो ।