खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन सकेनः शाह


पैरवी खबर

जागरण समाचारदाता
चौरपाटी २० माघ
१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा सुरु भएको छ। राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गतका विभिन्न खेलका लागी खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको हो। चौरपाटी गाउँपालिकाका भिम बहादुर साउँदको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्व सूचना तथा संचार राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री शाहले खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन नसकेको बताउनु भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका शाहले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनु भएको छ। चौरपाटी गाउँपालिका स्तरीय अन्तर माध्यामिक विद्यालयको खेलकुद प्रतियोगितालाई उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शाहले खेल क्षेत्र देशकै गौरव भएकाले यसको प्रर्वद्धनका लागी तीनवटै तहका सरकारले काम गर्नु पर्ने बताउनु भयो। उहाँले खेलकुद क्षेत्रको थप विकासका लागी तीनै तहका सरकारले थप लगानी गर्नु पर्ने बताउनु भएको छ। खेल क्षेत्रमा प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गरि हरेक विधाका खेलहरूमा पालिकालाई उत्कृष्ट बनाउनमा सरकारले काम गर्नु पर्ने बताउनु भयो। खेलाडी नै राष्ट्रका गहना भएको उल्लेख गर्दै उहाँले अनुशासित भएर खेल खेल्न समेत आग्रह गर्नु भयो। गाउँपालिका भित्र रहेका ७ वटै माध्यामिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गर्ने क्रममा बाल्दै उहाँले खेल क्षेत्रको थप विकासका लागि सहयोग गर्न सबै खेलप्रेमीहरूलाई आग्रह गर्नु भयो। खेल क्षेत्रकै माध्यमबाट नेपालको नाम अन्तराष्ट्रिय जगतसम्म स्थापित भएको स्मरण गर्दै उहाँले युवाहरूलाई खेल क्षेत्र प्रति आवद्ध हुन अनुरोध समेत गर्नु भयो। चौरपाटी गाउँपालिकामा खेलकुद क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरू रहेकाले गाउँपालिकालाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा चिनाउन आग्रह गर्नु भयो। स्वास्थ्यका लागि खेलकुद एकदमै महत्वपूर्ण रहेकोले यसको बिकासका लागी सबैले एकजुट हुनु पर्ने समेत बताउनु भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले खेल क्षेत्रले नेपालको शान बढाउँदै आएको बताउनु भएको छ। उहाँले खेल क्षेत्रको विकासका लागी सबैले लाग्नु पर्ने बताउनु भएको छ। विशिष्ठ अतिथि कुँवरले प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै अनुशासित भएर विचलित नभई खेलमा सहभागि हुन अपिल गर्नु भयो। चौरपाटी गाउँपालिका उपाध्यक्ष सर देवि खड्का, निवर्तमान गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद, वडा अध्यक्षको तर्फबाट बिरेन्द्र कुमार साउँद,नेपाली कांग्रेसका सत्य खड्का, नेकपा एमालेका राम बहादुर आउजी, नेकपा माओवादी केन्द्रका राम बहादुर थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको पतषे। चौरपाटी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम चन्द्र जोशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षा तथा खेलकुद शाखाका सहायक प्रमुख दिपक बहादुर कुँवरले गर्नु भएको थियो।