डिजिटल वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न


पैरवी खबर

एकेन्द्र महता

साँफेबगर :डिजिटल वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालयको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रममा डिजिटल वित्तीय साक्षरता, विद्युतीय वित्तीय सेवाका आधारभूत पक्षहरु, नेपालमा हाल उपलब्ध विद्युतीय वित्तीय सेवाहरु, विद्युतीय सेवामा कसरी सरिक हुने विषयमा छलफल गरीएको थियो।

यस्तै अन्तरक्रिया कार्यक्रममा विद्युतीय भुक्तानीको प्रयोग, विद्युतीय भुक्तानीका फाईदाहरु, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, सुरक्षित वित्तीय कारोबार सम्बन्धि सुझावहरु, विद्युतीय भुक्तानी सेवा प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासहरुका बारेमा पनि छलफल गरीएको थियो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सक्छन् भन्ने बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भएको छ।

उहाँले पहाडी जिल्लाहरुका नागरिक विद्युतीय भुक्तानीमा कम मात्रामा देखिएकाले विद्युतीय वित्तीय साक्षारता आवश्यकता रहेको बताउनु भएको छ। उहाँले विद्युतीय वित्तीय भुक्तानी प्रणाली बढाउनका लागिका लागि ग्रामिण क्षेत्रमा काम गर्ने बैंक तथा वित्तीय संघसंस्थाहरुलाई निर्देशन गरिएको जानकारी समेत दिनु भएको छ। उहाँले विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित भएका कारण यसको बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको समेत बताउनु भएको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक गर्भनरको कार्यालयका निर्देशक अजित रेग्मी, नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका सहायक निर्देशक तुलसा ओझा, गभर्नरको कार्यालयका सहायक निर्देशक समिता श्रेष्ठ, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र बहादुर कडायत, उपाध्यक्ष बम बहादुर रावल, महासचिव छत्र बहादुर बोहरा, साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनीधिहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रमको संचालन गभर्नरको कार्यालयका सहायक निर्देशक विजयकृष्ण कुटुले गर्नु भएको थियो।