साँफेबगरमा महालक्ष्मी विकास बैंकले सुरु गर्यो एटिएम सेवा


पैरवी खबर

साँफेबगर ।

महालक्ष्मी विकास बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिंग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्धेश्यका साथ मिति २०७९ साल पुस ७ गतेका दिन अछामको साँफेबगरमा आफ्नो एटिएम सेवा सुरु गरेको छ।

उक्त सेवाको उद्घाटन अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले रिबन काटेर गर्नु भयो भने एटिएमबाट पैँसा निकालेर साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढाले गर्नु भएको थियो।

एटिएम सेवा उद्घाटन समारोहमा अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतले साँफेबगर नगरपालिका र आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिंग तथा एटिएम सेवा प्रदान गराउनु खुसिको कुरा भएको बताउनु भएको छ।

अध्यक्ष कडायतले विदाको दिन अथवा अन्य समयमा ४ किलोमिटर गाडी चढेर पैँसा निकाल्न जानु पर्दा स्थानीय मर्कामा परेका बेला बैंकले यो सेवा दिएकोमा बैंकलाई धन्यवाद दिनु भएको छ। एटिएम सेवाले साना तथा स्थानीय व्यवसायीलाई फाईदा पुग्ने समेत बताउनु भयो। उहाँले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गर्नु भयो।
यससंगै देश भर बैंकको शाखा १०३ भएकोमा एटिएम सेवा ४९ पुगेको छ।

एटिएम सेवा २४ घण्टा खुल्ला रहने बैंकका प्रबन्धक पुनित शाहले बताउनु भयो। उहाँले ग्राहकको सेवालाई मध्ये नजर गरेर महालक्ष्मी विकास बैंकले एटिएम सेवा संचालन गरीएको बताउनु भएको छ।

उक्त उद्घाटन समारोहमा बैंकका कर्मचारी, स्थानीय, राजनीतिक दल र पत्रकारको उपस्थिति रहेको थियो ।महालक्ष्मी विकास बैंकका साँफेबगर शाखा प्रबन्धक पुनित शाहको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो भने संचालन पत्रकार तपेन्द्र कुँवरले गर्नु भएको थियो।