नेपाल बैंक लिमिटेडद्वारा अछामका बाढीपहिराे पीडितलाई २ लाख ३० हजार प्रदान


पैरवी खबर

टेकराज भण्डारी, पाैष ४, अछाम

नेपाल बैंक लिमिटेड अछाम शाखा द्वारा अछाममा बाढी पहिरोका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भदौ अन्तिम साता परेकाे बर्षासंगैकाे बाढी पहिराेमा परी ज्यान गुमाएका २३ जना मृतकका परिवारलाई जनही १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहायता गरिएको साँफेबगर शाखामा प्रबन्धक दिनेशराज जाेशीले बताउनु भयाे ।

जिल्लाको कमलबजारमा एक कार्यक्रमका वीच मृतकका आफन्तलाई आर्थिक सहयाेग गरिएको हाे । कमलबजार नगरपालिका वडा ६ विरपथ र वडा नं ८ ढाँकु तुर्माखाँद गाउँपालिका ५ र ढकारी गाउँपालिकाका बाढी पहिराेमा परी ज्यान गुमाएकाका परिवारलाई कमलबजारमा कार्यक्रमका वीच सहयोग गरिएको प्रबन्धक जाेशीकाे भनाइ छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत सहयाेग गरिएको नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख बरिष्ठ प्रवन्धक विश्वराज भण्डारीले बताउनु भयाे ।
विपत्तिमा परेकालाई केही राहत हाेस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको प्रदेश प्रमुख भण्डारीकाे भनाइ छ ।

कमलबजार नगरपालिका वडा नं ८ ढाँकुका वडा अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षतामा भएको आर्थिक सहायता हस्तान्तरण कार्यक्रममा
नेपाल बैंक लिमिटेड त्रिवेणी शाखा प्रबन्धक सन्जित थापा, लगायतको सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद बजगाईले गर्नुभएको थियोे

ढाँकुका मृतकाका आफन्त गोपाल दमाई लाई ५० हजार, त्यसैगरी विरपथ मृतक ७ जनाका नम विक लाई ७० हजार हस्तान्तरण गरिएको थियाे । अन्यलाई पनि राहत रकम प्रदान गरिएको हाे । सहयाेग गरेकाेमा पीडितले बैंकलाई धन्यवाद व्यक्त गरेका थिए ।