प्रदेश स्तरीय खो खो खेलमा कैलाली प्रथम


पैरवी खबर

कैलाली।
प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरग्त भएको खो खो खेलमा कैलाली प्रथम भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत खो खो खेलको उपाधी कैलालीले हात पारेको हो। महिला र पुरुष दुबै तर्फको उपाधी कैलालीले नै हासिल गरेको छ। कञ्चनपुरको महिला र पुरुष टीमलाई हराएर कैलालीको महिला र पुरुषले प्रथम स्थान हासिल गरेकोे जनाईएको छ।