सुरत भुलद्वारा नवीन आउजीलाई आर्थिक सहयोग रकम हस्तान्तरण


पैरवी खबर

साँफेबगर । करिब १ महिना देखि विरामी भएर थला परेका साँफेबगर नगरपालिका २ जाल्पादेवी झकालेका नवीन आउजी लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं समाज रुपान्तरणका एक पात्र समाजसेवी सुरत भुलले नवीन आउजीको उपचारका लागि सहज होस भन्ने उद्देश्यले भारतको मुम्बई ,पुना,हैदरावाद,र नेपालका विभिन्न ठाउँका समाजसेवी ,परोपकारी ब्यापारी ,पत्रकार ज्यु हरुबाट रु .९३ हजार ५ सय ८२ रुपैयाँ आर्थिक संकलन गरि सो रकम नवीन आउजीलाई हस्तान्तरण गरिएको हो ।

नेता भुलले समाजमा यस्ता परोपकारी क्रियाकलापहरु गर्दै आउनु भएको छ । आफ्नो ब्यक्तिगत पहलमा त्रिपूरा सुन्दरी मावि श्रीकोटको शैक्षिक विकासका लागि पनि थुप्रै आर्थिक संकलन गरिसक्नुभएको छ ।