बीरेखोला झर्ना पर्यटक तान्दै


पैरवी खबर

शेरबहादुर सार्की
बाजुरा, साउन २७ गते । बाजुराको बडिमालिका नगरपालिकाको ६ र ८ अवस्थित बीरेखोला झर्नामा रमाउने आन्तिरक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

जिल्ला सदरमुकाम मार्तडी जाने बाटोेमै पर्ने यो झर्ना साँफे मार्तडी राजमार्गको नजिक रहेकोले बीरेखोला झर्नामा रमाउने पर्यटक बढ्न थालेका हुन् ।जिल्लाको बडिमालिका नगरपालिकाले यो झर्नाको संरक्षण तथा प्रवद्धन गर्ने कामलाई प्राथमिकता दिदै आएपछि यो झर्ना अहिले स्थानीयको रोजाइमा पर्ने गरेको हो ।

झण्डै दुइ सय मिटर लम्बाइ रहेको यो झर्ना जिल्लाको साँफे मार्तडी लोगमार्ग अन्तगर्त पर्ने राप्का सडकमै पर्छ ।बडिमालिका नगरपालिका वडा नं ६ की कला बडुवालले, पछिल्लो समयमा बाटो पुल लगायतका भौतिक पुर्वाधारको विकास भएपछि यो झर्ना हेर्नका लागि हजारौ मानिसको भिडभाड लाग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बडिमालिका, बुढीनन्दा, कालाजार्गा,खप्तड, छेडेदह, बडालेख लगायतका याहाँका धार्मिक स्थलले आन्तरिक तथा बाह्य पर्यटकलाई निकै भोल्याउने गरेका छन् । ,,
बडुवाल भन्नुहुन्छ,यसैको एक प्रकृतिक उपहारको रुपमा लिन सकिने बीरे खोला झर्ना पनि एक पर्ने गरेकोले अहिले यहाँका स्थानीयको निकै रोजाइमा पर्ने गरेको छ ।

प्राकृतिक सौन्र्दयताले भरिभराउ यो झर्नाले यती बेला जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको छ ।जिल्लामा आगन्तुक हुने पाहुनालाई मनमोहक पार्दै आएको यो झर्ना बाह्य पर्यटकको लागि पनि आर्कषणको केन्द्र बीन्दु रहेको छ ।यसलाई थप संरक्षण र सम्बद्र्धनका स्थानीय ,प्रदेश तथा सङ्घीय सरकारले चाँसो देखाउनु पर्ने हो यो झर्ना यहाँका बेरोजगार युवाका लागि पनि निकै उपयोगी हुने स्थानीय बताउँछन् ।

पछिल्लो सयममा बडिमालिका नगरपालिकाकाले केही मात्रामा संरक्षण र प्रवद्धन कार्यको सुरुवात गरेको छ ।नगरपालिकाले यो काम सुरु गरेसँगै अहिले यसमा रमाउँनेको पनि घुँइचो लाग्ने गरेको स्थानीयको बुझाइ छ ।

सदरमुकाम मार्तडीबाट झण्डै ६ किलो मिटर हिँडेपछि सहजै पुग्न सकिने यो झर्नाको लम्बाइ झण्डै दुइ सय मिटर भन्दाबढी रहेको छ ।यस अघि कही कतैबाट संरक्षण र प्रवद्र्धनमा पहल कदमी हुन नसकेपछि यो झर्ना लामो समय देखि संरक्षणको प्रखाइमा रहँदै आएको थियो ।प्राकृतिक उपहारको रुपमा रहेकोे यो झर्नालाई यहाँका स्थानीयहरुले समयमै संरक्षण र प्रवद्र्धन गर्न सकियो भने अँझै यसले जिल्लाको अर्कै उपमा दिन सक्ने स्थानीयले बताउँन्छन् ।
प्राकृतिक अनुपमकै कारण प्रयटकहरुको मनमोहक जित्न सफल भएको यो झर्नाले अर्थतन्त्रमा पनि उत्तीकै टेवा पुग्न सक्ने सम्भावना छ ।

बडिमालिका नगरपालिका ६ का स्थानीय दलबहादुर बडुवालले,समयमै यसको संरक्षण र प्रवद्र्धन् गर्न सकियो भने यसलाई हेर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकबाट मनग्य आम्दानी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक सौन्द्रयताले सम्पन्न यो झर्ना जिल्लाकै एक पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछ । जिल्लामा आउने जो कोहीले यसको महिमा गाउँने गरेको छ , तर पनि यसको संरक्षण भने राम्रो सँग हुन सकेको छैन् ।,,

बडुवालका अनुसार ,जिल्लाबासीकै स्रोत र सम्पतीका रुपमा रहेको यो झर्नाको अस्तित्व नै सङ्कट पर्न गएकोले यसको संरक्षण तथा प्रवद्र्धन नगरपालिकाले मात्र सम्मभव नभएकोले प्रदेश र सङ्घीय सरकारको पनि ध्यान जान जरुरी रहेको छ ।

बडिमालिका नगरपालिकाको ६ र ८ नं.वडामा पर्ने यो झर्नाको जती महिमा आर्कषण छ त्यती स्थानीय प्रदेश तथा सङ्घीय सरकारले महत्व र स्थान दिन सकियो भने यहाँका अधिकाशं स्थानीयको रोजगारिको अवसर दिन सक्ने बडुवालले बताउनुभयो ।